एक क्विन्टल गाँजासहित विरगंजवाट ७ जना पक्राऊ


  • एक क्विन्टल गाँजासहित विरगंजवाट ७ जना पक्राऊ
  • पर्सा । लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिका-२१ बाट १ सय ५ किलो अवैध लागूऔषध गाँजासहित ७ जनालाई आइतबार पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उप-महानगरपालिका-१९ का २४ वर्षीय विजय तामाङ, ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय किशोर, कैलाश गाउँपालिका-१० का २६ वर्षीय रामलाल गोले, धादिङ बेनीघाटरोराङग गाउँपालिका-१ का ३७ वर्षीय निरज लामा, चितवन राप्‍ती नगरपालिका-२ का ५० वर्षीय सानुलाल तामाङ र पर्सा सखुवा प्रसौनी गाउँपालिका-३ का ५१ वर्षीय सहिद मियाँ आलम रहेका छन् ।   लागूऔषधको कारोवार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको उक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा सडकमा रोकी राखेको ना.४ ख ६५२५ नम्बरको ट्रकलाई जाँच गर्दा उक्त ट्रकमा लुकाई राखेको अवस्थामा गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।   पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको ब्यूरोले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *