अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी


  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी

    वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलबारसम्म मतदान गर्ने याेजना डेमोक्र्याटिक पार्टीका नेताहरुले गरेका छन्। एक नेताका अनुसार याे अब तीव्र गतिमा अघि बढेकाे छ।   तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध ‘दङ्गालाई प्रोत्साहन गरेको’ आरोपमा महाअभियाेग लगाउने योजना बनाएका हुन्।   संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्र्याटहरूको तयारी रहेको बताइएको छ।   संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग उक्त कदम यो साता उठाउन सकिने बताए।   तर जो बाइडनको पहिलो एक सय दिनको कार्यकाल पूरा नहुँदै उक्त दलले सिनेटमा सुनुवाइको निम्ति प्रस्ताव नपठाउन सक्छ।   क्लाइबर्नले भने, ‘आफ्नो प्राथमिकता निर्धारण गर्न र त्यसको कार्यान्वयन थाल्न राष्ट्रपति निर्वाचित बाइडनलाई एक सय दिन दिऊँ।’   त्यसबाट बाइडनलाई आफ्नो नयाँ मन्त्रिपरिषद् निश्चित गर्न र कोरोना भाइरससँग जुझ्नेलगायतका नीतिको आरम्भ गर्ने बाटो खुला हुनेछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *