कब्जामा लिएको एक चिनिया सैनिकलाई भारतले रिहा गर्यो


  • कब्जामा लिएको एक चिनिया सैनिकलाई भारतले रिहा गर्यो

    काठमाडौं । भारत र चीनबीचकाे विवादित सीमा लद्दाखमा पक्राउ परेका एक चिनियाँ सैनिकलाई भारतले रिहा गरिदिएको छ ।गएको शुक्रबार वास्तविक नियन्त्रण रेखा (एलओसी) मा प्रवेश गरेका चिनियाँ जनमुक्ति सेनाका एक जवानलाई भारतीय सैनिकले पक्राउ गरेका थिए । उनलाई साेमबार सकुशल रिहा गरिदिएको भारतीय सैनिकलाई उद्धृत गर्दै नवभारत टाइम्सले जनाएको छ ।   सीमा क्षेत्रमा शान्ति कायम गर्न भारत प्रतिबद्ध रहेकाले पक्राउ परेका चिनियाँ सैनिकलाई रिहा गरिएको भारतले जनाएको छ । भारतले गलत नियतका साथ चिनियाँ सैनिक वास्तविक नियन्त्रण रेखामा प्रवेश गरेको आरोप लगाएको छ भने चीनले रातको समयमा बाटो बिर्सेर आफ्ना सैनिक दशगजा क्षेत्रमा पुगेको दाबी गरेको छ । यसअघि गएको अक्टोबरमा पनि पूर्वी लद्दाख क्षेत्रमा पनि चिनियाँ सैनिक एलओसीमा प्रवेश गरेपछि भारतीय सैनिकले पक्राउ गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *