शरणार्थी शिविरमा आगलागी, एक व्यक्तिको जलेर मृत्यु
![](https://www.sauryapatra.com/wp-content/uploads/2023/09/maruti-cement.gif)
![शरणार्थी शिविरमा आगलागी, एक व्यक्तिको जलेर मृत्यु](https://www.sauryapatra.com/wp-content/uploads/2021/01/AAglai_crxXZtaq9h-750x500.jpg)
![](https://www.sauryapatra.com/wp-content/uploads/2024/07/tata-tiago.jpg)
काठमाडौँ ।
भुटानी शरणार्थी शिविरभित्रै एक व्यक्तिको जलेर मृत्यु भएको छ ।मृत्यु हुनेमा झापाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी-४ हट नम्बर ३२५ का ६० वर्षीय देशमान राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार टिन र बाँसको टाटी बेराले बनाएको घरमा सोमबार साँझ साढे ७ बजेको समयमा आगलागी भएको थियो । सोही आगलागीमा परी घरभित्र रहेका राईको जलेर मृत्यु भएको डिएसपी थापाले बताए।
उनी अपाङ्ग भएका कारण घरबाट बाहिर निस्किन नसक्दा सो घटना घटेको शिविर प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए ।