कराँतेका मन्देकाजी वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित


  • कराँतेका मन्देकाजी वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित

    काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णपदक विजेता मन्देकाजी श्रेष्ठ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडी बनेका छन् ।   मन्डेले सागकै दोहोरो स्वर्णधारी गल्फका सुवास तामाङ, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथुलाई पछिपर्दै वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्न सफल भएका हुन् । मनोनयनमा परेका मन्देकाजी र सुवास दोहोरो स्वर्ण तथा बाँकी तीन जना सागमा एक–एक स्वर्ण जित्ने खेलाडी हुन् ।   मन्डे १३औं सागमा दुई स्वर्णपदक (टिम काता र एकल) जित्ने खेलाडी हुन् । यस्तै उनी सागमा पहिलो स्वर्ण जित्ने खेलाडी हुन् । मन्डेले आठौं राष्ट्रिय खेलकुद, स्वर्ण पदक (एकल काता) र रजत (टिम काता) जित्दा सागअघि बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा एकल काता र टिम कातामा स्वर्ण जितेका थिए । (हाम्रो खेलकुदवाट)

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *