पौडिबाज गौरिका वनिन वर्षको उत्कृष्ट महिला खेलाडी


  • पौडिबाज गौरिका वनिन वर्षको उत्कृष्ट महिला खेलाडी

    काठमाडौं । कीर्तिमानी पौडीबाज गौरिका सिंह नेपाली खेलकुदको सर्वाधिक प्रतिष्ठित अवार्ड समारोह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गतको वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् ।   गौरिकाले तेक्वान्दोकी आयशा शाक्य, कराँतेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उपाधि जितेका हुन् । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं सागमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य जित्दै कीर्तिमान रचेकी थिइन् ।   यस्तै उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गर्दा आठौं राष्ट्रिय खेलकुदमा सहभागी सबै स्पर्धा अर्थात १२ स्वर्ण जित्न सफल भएकी थिइन् । उत्कृष्ट महिला खेलाडी घोषित भएसँगै उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गरिन् । (हाम्रो खेलकुदवाट)

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *