टेबल टेनिसका शाह र क्षेत्रीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड


  • टेबल टेनिसका शाह र क्षेत्रीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

    काठमाडौं । टेबल टेनिसका पुराना खेलाडी सिजरन शाह र गीता क्षेत्रीलाई पल्सर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।   नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवाडैको १७ औं सस्करणमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता शाह र क्षेत्रीलाई उक्त अवार्ड प्रदान गरेको हो ।   तीन दशक (सन् १९९१) मा आयोजना भएको पाँचौं सागमा यो जोडीले टिम इभेन्ट्समा स्वर्ण पदक जितेको थियो । महिला टिम इभेन्ट्समा नेपाली खेलकुद इतिहासकै त्यो एक सर्वकालीन गौरवको उपलब्धी हो ।   श्रीलंकाको कोलम्बोमा क्षेत्री र शाहले दिलाएको त्यो उपलब्धी साग खेलकुदमा महिला खेलाडीले देशका लागि नेपालका पहिलो स्वर्ण पदक हो । दक्षिण एसियालको पावर हासका रुपमा स्थापित भारतका खेलाडीलाई हराउँदै उनीहरुले स्वर्ण पदक जितेका थिए ।   तेस्रो सागदेखि नेपालको प्रतिनिधित्व गरेकी शाहले सातौं सागसम्म खेलेकी थिइन् । आफ्नो खेल जीवनमा उनले ८ पदक जितेकी थिइन् । सागमा स्वर्णसहित ६ पदक जितेकी क्षेत्रीले भने स्वर्ण जितेपछि खेलिनन् । शाह र क्षेत्रीको सफलतापछि अहिलेसम्म सागमा नेपालले स्वर्ण पदक जित्न सकेको छैन । (हाम्रो खेलकुदवाट)

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *