आजदेखि प्रधानमन्त्री कप प्रतियोगिता सुरु, आर्मी र गण्डकी भिड्दै


  • आजदेखि प्रधानमन्त्री कप  प्रतियोगिता सुरु, आर्मी र गण्डकी भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघको आयोजनामा आजदेखि काठमाडौंमा प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदै छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण केही समय धकेलिएको प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । आजबाट हुने प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी कुल १० टोली आमने-सामने हुनेछन् । प्रतियोगिताको आयोजक क्रिकेट संघले सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश छन् । समूह ‘बी’ मा विभागीय टोली नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश समावेश छन् । बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *