नेकपा प्रचण्ड–माधव समूहले आन्दोलनलाई थप सशक्त बनाउने


  • नेकपा प्रचण्ड–माधव समूहले आन्दोलनलाई थप सशक्त बनाउने

    काडमाडौं । प्रधानमन्त्री केपी शार्मा ओलीको असंवैधानिक कदम विरुद्ध सडक संघर्षमा रहेको नेकपा प्रचण्ड–माधव समूहले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संघीय राजधानी काठमाडौंमा जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । ठूलो संख्यामा कार्यकर्ता सहभागी गराउने तयारीका साथ आन्दोलनको प्रारुप तयारी गर्नेबारे छलफल जारी रहेको अध्यक्ष नेपालको भनाइ रहेको छ ।     बैठकले विगतका संघर्षका कार्यक्रमहरुको समिक्षा गर्दै र प्रदेश र जिल्लाहरुमा समेत संघर्षका कार्यक्रमहरुलाई प्रभावनकारी बनाउनेबारे व्यापक छलफल भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए । बिहिबारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक आज शुक्रबार बिहान ११ पुनः बस्नेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *