रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ फाइनलमा प्रवेश


  • रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ फाइनलमा प्रवेश

    एजेन्सी – साविकको विजेता रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।     बिहीबार राति भएको खेलमा एथलेटिको बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । बिल्वाओको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काएपनि फाइनल पुग्न पर्याप्त बनेन ।   यससँगै बिल्वाओले गत डिसेम्वरमा बेहोरेको ३–१ को हारको बदलासमेत लिन सफल हुदा रियलमाथि ११ खेलपछि जितविहीन यात्रा टुंग्याएको छ । रियलले बिल्वाओविरुद्ध आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन सकेन । रियल बिल्वाओसँग ७ मार्च २०१५ मा १–० ले पराजित भएयता ११ खेलसम्म अपराजित रहेको थियो । रोसालेडा मालगामा बिहीबार राति भएको खेलमा बिल्वाओले खेलको १८औं मिनेटमा राहुल गार्सियाको गोलबाट अग्रता लिएको थियो । उनले ड्यानी गार्सियाको पासमा गोल गरेका थिए ।   ३८औं मिनेटमा लुुकास भाज्क्वेजले पेनाल्टी बक्समा इनिगो मार्टिनेजलाई लडाएपछि प्राप्त पेनाल्टीमा गार्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै बिल्वाओको अग्रता दोब्बर पारे ।     ७३औं मिनेटमा करिम बेन्जेमाले एक गोल फर्काउदै रियललाई खेलमा फर्कन संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियल फाइनल पुग्न असमर्थ बन्यो ।   अब बिल्वाओले उपाधिका लागि सोमबार राति क्याटलान क्लब बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले बुधबार राति रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । हाम्रोखेलकुदवाट  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *