बाक्लो हुस्सुका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित


  • बाक्लो हुस्सुका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित

    काठमाण्डौं । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित भएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । कुहिरो हटेपछि उडान खुलाइने छ । हुस्सु र कुहिरो लागेको बताएका छन् । अबको तीन दिनसम्मकै मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *