भक्तपुरमा स्कुलका सुरक्षा गार्ड मृत भेटिए


  • भक्तपुरमा स्कुलका सुरक्षा गार्ड मृत भेटिए

    काठमाण्डौं । भक्तपुरको सुर्यबिनायक स्थित पलाँसेमा सुरक्षागार्डका रुपमा कार्यरत एक व्यक्ति मृत फेला परेका छन् । गणेश बाल विकास स्कुलका सुरक्षा गार्ड ४५ वर्षीय लक्ष्मीदास श्रेष्ठ ‘साईला’ मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।   सिन्धुपाल्चोक पाँचपोखरी घर भएका लक्ष्मीदास सुर्यबिनायक नगरपालिका–९ स्थित महत गाउँमा बस्दै आएका थिए । उनी दिउँसो ज्याला मजदुरी र राति स्कुलमा काम गर्थे ।   गणेश बाल स्कुल नजिकै खोल्सामा फेला परेको उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोटमा पठाइएको भक्तपुर प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *