दिल्लीमा कोरोना भ्याक्सिन लगाएका केही मानिसहरुमा एलर्जीको लक्षण


  • दिल्लीमा कोरोना भ्याक्सिन लगाएका केही मानिसहरुमा एलर्जीको लक्षण

    काठमाण्डौं । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोनाको खोप अभियान अन्तर्गत पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई कोभिड–१९ को भ्याक्सिन दिइएको जानकारी दिएको छ ।   मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिन ३,३५१ सेसन भए जसमा कोभ्याक्सिन र कोभिशिल्ड दुबै भ्याक्सिनको प्रयोग गरियो । भारतीय खोप अभियानलाई संसारको सबैभन्दा ठूलो खोप अभियान बताइँदै छ ।मन्त्रालयले खोप लगाएपछि कसैलाई पनि अस्पताल भर्ना गर्न आवश्यक नपरेको दाबी गरेको छ । यद्यपि, दिल्लीमा कोरोना भ्याक्सिन लगाएपछि केही मानिसहरुमा एलर्जीको लक्षण देखिएको छ ।   मिडिया रिपोर्ट अनुसार यी मानिसहरुलाई स्थानीय प्रशासनको निगरानीमा राखिएको छ । अधिकारीले खोप अभियानको पहिलो दिन केही प्राविधिक समस्या आएपनि त्यो ठिक पारिएको जानकारी दिए । केन्द्र सरकारको योजना अनुसार सुरुमा सरसफाईकर्मी, डाक्टर र नर्सलाई कोरोना भ्याक्सिन दिइएको जसले अग्रपंक्तिमा बसेर महामारीविरुद्ध मोर्चा सम्हाले ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *