सुत्केरीलाई कोरोना संक्रमितसंग राखेको भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले दिए राजिनामा


  • सुत्केरीलाई कोरोना संक्रमितसंग राखेको भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले दिए राजिनामा

    काठमाडौं । सुत्केरीलाई कोरोना संक्रमितसँगै राखेर उपचार गरेको भिडियो सार्वजनिक भएपछि मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् ।   उख्नाको राजीनामा बिहीबार संसदले पारित गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । संसदमा ९५ प्रतिशत सांसदले प्रधानमन्त्रीको राजीनामाको पक्षमा मतदान गरेका जनाइएको छ । एक अस्पतालमा सुत्केरी र नवजात शिशुसँग कोरोनाभाइरस संक्रमितलाई राखेको भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीको चौतर्फी विरोध भएको थियो । विरोधसँगै आन्दोलन चर्किएको थियो । उनले गल्ती भएको भन्दै सरकार प्रमुखको हिसावले जिम्मेवारी लिँदै माफी मागे पनि आन्दोलन नरोकिएपछि राजीनामा दिएका थिए । बाह्रखरीवाट   कोरोनाभाइरस आफ्नो देशमा भित्रिन नदिन गत वर्षदेखि नै नाकाबन्दी गरेको मंगोलियामा नोभेम्बरमा पहिलो आन्तरिक संक्रमण भेटिएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *