मेस्सीविना बार्सिलोना विजयी


  • मेस्सीविना बार्सिलोना विजयी

    एजेन्सी । प्रतिबन्धका कारण टोली बाहिर रहेका कप्तान लियोनेल मेस्सीविनै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस कोपा डेल रेको अन्तिम ३२ को खेलमा तेस्रो श्रेणीको टोली युई कोर्नेलामाथि २–० को जित निकालेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको कोर्नेलाविरुद्ध अतिरिक्त समयमा जित निकालेको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र मार्टिन ब्रेथवेटले गोल गरे । दुवै गोलमा पेड्रीको असिस्ट दिएका दिएका थिए । कोर्नेलाविरुद्ध बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो रोजाईका अधिकांश खेलाडीलाई विश्राम दिदा गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । कोर्नेलाको मैदानमा बिहीबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोल गर्न अतिरिक्त समय नै कुर्नुपरेको थियो । ३९औं मिनेटमा मिरालेम प्यानिचले पेनाल्टी चुकाएको थियो । अल्वर्ट इस्टिललेसले पेनाल्टी बक्समा रोनाल्ड एराउजोमाथि फल गरेपछि प्राप्त पेनाल्टीमा मेस्सी अनुपस्थित रहँदा प्यानिचको पेनाल्टी प्रहार कोर्नेलाका गोलरक्षक रमोन जुआनले बचाएका थिए । ८०औं मिनेटमा गोलरक्षक रमोन जुआनले अर्काे पेनाल्टी बचाउदै खेललाई अतिरिक्त समयमा लम्ब्याएका थिए । मोरेनोले क्लेमेन्ट लेङ्लेटमाथि फल गरेपछि प्राप्त पेनाल्टीमा यसपटक औसमाने डेम्वेलेको प्रहार गरेका थिए । ९२औं मिनेटमा पेड्रीको पासमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई १–० ले अघि बढाए । ११८औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटियो । रोनाल्ड एराउजोमाथि फल गरेपछि अल्वर्ट इस्टिललेस दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । अन्तिम समयमा पेड्रीको पासमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाउदै प्रि क्वाटरफाइनलमा पुर्‍याए । हाम्रो खेलकुदवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *