इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेलमा श्रीलंकाको बलियो अग्रता


  • इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेलमा श्रीलंकाको बलियो अग्रता

    एजेन्सी । इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेलमा घरेलु टोली श्रीलंकाले बलियो अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्ड २ सय ८३ रनले पछि परेको छ । पहिलो इनिङ थालेको इंग्ल्यान्ड ३० ओभरमा ९८–२ को अवस्थामा छ । इंग्ल्यान्डका कप्तान जो रुट ७७ बलमा १० चौका सहित ६७ रनमा अविजित छन् । जोनी बेयरस्टो ६५ बलमा ४ चौका सहित २४ रनमा अविजित छन् । तेस्रो विकेटका लागि रुट र बेयरस्टोले ९३ रनको अविजित साझेदारी गरि सकेका छन् । इंग्ल्यान्डले सुरुवात भने खराब गरेको थियो । ज्याक क्रली ५ र डोम सिब्ले शून्यमा आउट भएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका पहिलो इनिङमा ३ सय ८१ मा अल आउट भयो । श्रीलंका अनुभवी ब्याट्सम्यान एन्जिलो म्याथ्युजले २ सय ३८ बलमा ११ चौका सहित १ सय १० रनमा आउट भए । निरोसन डिक्वेला १ सय ४४ बलमा १० चौका सहित ९२ रनमा आउट भए । कप्तान दिनेश चान्डिमल १ सय २१ बलमा ४ चौका र १ छक्का सहित ५२ रनमा मार्कवुडको एलबिडब्लु धरापमा परे । चौथो विकेटका लागि चान्डिमल र म्याथ्युजले १ सय १७ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर जेम्स एन्डरसनले पाँचौं ओभरको पहिलो बलमा ओपनर कुशल परेरालाई ६ रनमा कप्तान जो रुटबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । ओशादो फर्नान्डोलाई एन्डरसनले शून्यमै बोल्ड आउट गरे । लाहिरु थिरिमानेलाई एन्डरसनले जस बटलरबाट ४३ रनमा क्याच गराउँदै शीर्षक्रम धरासय बनाएका थिए । थिरिमानेले ९५ बलमा ५ चौका प्रहार गरे । तल्लोक्रममा दिलुरुवान परेरा १ सय ७० बलमा ८ चौका र १ छक्का सहित ६७ रनमा आउट भए । इंग्ल्यान्डका जेम्स एन्डरसनले २९ ओभरमा १३ ओभरमा ४० रन खर्चेर ६ विकेट लिए । मार्कवुडले ३ विकेट लिए । पहिलो टेष्टमा इंग्ल्यान्ड ७ विकेटले विजयी हुँदै दुई टेष्ट सिरिजमा १–० को अग्रता लिएको थियो । हाम्रो खेलकुदवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *