कांग्रेसले भातृ संस्थाहरूको म्याद ६ महिना थप गर्ने


  • कांग्रेसले भातृ संस्थाहरूको म्याद ६ महिना थप गर्ने
  • काठमाडौं । नेपाली कांग्रेसले म्याद सकिएका आफ्ना भातृ संस्थाहरूको म्याद थप गर्ने निर्णय गरेको छ। मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले म्याद सकिएका भातृ संस्थाहरूको म्याद छ महिना थप गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। नेविसंघ, तरूण दललगायत कांग्रेसका भातृ संस्थाको समयमै अधिवेशन भएको छैन । यसअघि पनि केन्द्रीय कार्यसमितिले यी भातृ संस्थाका म्याद थप गर्दै आएको थियो। भातृ संस्थाको समय सकिएको मितिले छ महिना म्याद थप गरिएको छ,’ उनले भने।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *