कोरोना भाइरसविरुद्धको खोप लगाउन आजबाट सुरु, पहिलो खोप डा. भण्डारी र डा. बास्तोलाले लगाउने


  • कोरोना भाइरसविरुद्धको खोप लगाउन आजबाट सुरु, पहिलो खोप डा. भण्डारी र डा. बास्तोलाले लगाउने
  • काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन आजबाट सुरु गर्ने भएको छ । भारतबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा आजबाट लगाउन सुरु गर्न लागेको हो । खोप अभियानको उद्घाटन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, त्रिवी शिक्षण अस्पताल र एपीएफ अस्पतालबाट एकसाथ हुने भएको छ । खोप अभियानको उद्घाटन बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बिहान १० बजे बालुवाटारबाट भर्चुअल कार्यक्रममार्फत् अभियानको उद्घाटन गर्दैछन् । ६६ वटा जिल्लाका खोप केन्द्रबाट जुममार्फत् बालुवाटार जोडिने र खोपको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । खोप काठमाडौंका केन्द्रहरुमा आज बिहान पुर्याइने सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाका १२ वटा हब अस्पतालहरुलाई खोप केन्द्रका रुपमा तोकेको छ । केन्द्रीय भन्डारण कक्षमा राखिएको खोप बुधबार बिहान एकैसाथ १२ वटा केन्द्रमा पठाइने काठमाडौंका कोभिड फोकल पर्सन डा. गुणराज लोहनीले जानकारी दिए । खोप केन्द्रका रुपमा सबै जिल्लाका हब अस्पतालहरुलाई तोकिएको छ । एउटै क्षेत्रमा पर्ने हब र स्याटलाइट अस्पतालहरुमा यिनै केन्द्रबाट खोप वितरण हुनेछ । कोभिड–१९ विरुद्धको खोप अभियान अन्तरगत सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स तथा शब बहान चालक र अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी गरि ४ लाख ३० हजार नागरिकलाई खोप दिँदैछ । त्यसका लागि काठमाडौं उपत्यकामा १७ सहित १५ वटा खोप केन्द्र तोकिएको छ । भारतको अष्ट्राजेनिका र सिरम कम्पनीको उत्पादन कोभिशिल्ड खोप अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले प्रमाणित गरि १२ वटाभन्दा बढी देशले मान्यता दिइसकेको खोप हो । यो खोप ४ हप्ताको फरकमा २ डोज दिइन्छ । नेपालमा पनि १ पहिलो डोज दिएको १ महिनापछि दोस्रो डोज दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैबीच, नेपालमा कोभिड–१९ विरुद्धको खोप पहिलोपटक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले लगाउने भएका छन् । खोपका लागि काठमाडौंमा १० र उपत्यका बाहिर तीनसय खोप केन्द्र तोकिएको छ । बाह्रखरीवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *