लोकप्रिय गायिका अञ्जु विवाह बन्धनमा बाँधिँदै


  • लोकप्रिय गायिका अञ्जु विवाह बन्धनमा बाँधिँदै

    काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिँदैछिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । स्रोतका अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेका हुन् । ‘सिंगल’ भएपछि विवाहको प्रश्नले घेरिरहेकी लोकप्रिय गायिका अञ्जुले अब त्यसको सामना गर्नुपर्ने छैन । पत्रकारहरुले ‘विवाहको बारेमा प्रश्न गरेर हैरान बनाएपछि पछिल्लो समय ‘छोरीकै दवावका कारण विवाह गर्ने’ बताउँदै आएकी थिइन् । तर, उनले अहिलेसम्म आफूले विवाह गर्न लागेको कतै खुलाएकी छैनन् । दोस्रो विवाह भएकाले पनि खुलाउन नचाहेको स्रोतको भनाइ छ । अञ्जु निकट स्रोतका अनुसार थिर र अञ्जुले विवाह भव्यरुपमै गर्दैछन् । तर, त्यसअघि उनीहरुले हल्ला गर्न चाहेका छैनन् । विवाहका लागि अञ्जु र थीरको अहिले एक चर्चित बुटिकमा लुगा तयार भइरहेको छ । तर, विवाह कहिले भन्नेचाहिँ कतैबाट खुलेको छैन । गायिका अञ्जुको एक छोरी परितोशिका छिन् । परितोशिकाले हालै आफ्नी आमाको एक गीतको भिडियोमा मोडलिङ गरेकी छन् । छोरी परितोशिकाकै करले गर्दा पनि अञ्जु विवाह गर्न बाध्य भएको बताइन्छ ।दृृृृष्टिन्युजवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *