आपतकालीन अवस्थामा कोरोनाविरुद्धको खोप लगाउन माल्दिभ्स सरकारले दियो अनुमति


  • आपतकालीन अवस्थामा कोरोनाविरुद्धको खोप लगाउन माल्दिभ्स सरकारले दियो अनुमति
  • एजेन्सी । कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ । माल्दिभ्स खाद्य तथा औषधि प्राधिकरण(एमएफडीए)ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिएको हो । स्थानीय सञ्चार माध्यमहरूका अनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो । खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनु पर्ने बताएकाले आपतकालीन अवस्थाका लागि मात्रै स्वीकृति दिइएको एमएफडीएले जनाएको छ । त्यसैगरी १८ वर्षभन्दा कम उमेरका व्यक्ति र गर्भवती महिलालाई पनि यो खोप लगाउन नहुने चिकित्सकहरूले बताएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *