भारतको इजरायली दूतावास नजिक बम विष्फोट


  • भारतको इजरायली दूतावास नजिक बम विष्फोट

    काठमाडौं । भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक शुक्रबार साँझ बम विष्फोट भएको छ । भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठकै दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ बम विष्फोट भएको बीबीसी हिन्दीले जनाएको छ ।
    प्रहरीका अनुसार विष्फोटबाट दूतावासमा भने क्षति पुगेको छैन । तर पार्किङ गरेर राखिएका केही कारका सिसा फुटेको छ । बम विष्फोट कसले र किन गरायो भन्ने खुलेको छैन ।   भारतका लागि इजरायली राजदूत रोन माल्काले बम विष्फोट गराउनुको उद्देश्य र बम विष्फोट गराउनेको खोजी भारतसँग मिलेर भइरहेको जानकारी दिएका छन् । समाचार अनुसार दिल्ली प्रहरीका जनसम्पर्क अधिकारीले चर्चामा आउने उद्देश्यले कसैले बम विष्फोट गराएको हुन सक्ने बताएका छन् । उनले बम विष्फोटबाट भौतिक क्षति नभएको जानकारी दिएका छन् । घटनास्थलको निरीक्षण गरेपछि दिल्ली प्रहरीका कमिश्नर एसएन श्रीवास्तवले यस घटनाको अनुसन्धान विशेष सेलले गरिरहेको जानकारी दिँदै यो आतंकवादी आक्रमण हो कि होइन भनेर अहिल्यै भन्नु हतार हुने प्रतिक्रिया दिएका छन् । राजधानी नयाँदिल्लीमा बम विष्फोट भएपछि भारतभर सुरक्षा सतर्कता बढाइएको छ । सबै विमानस्थल, महत्वपूर्ण प्रतिष्ठान र सरकारी कार्यालयहरुमा सुरक्षा बढाइएको छ । दृष्टिन्युजवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *