प्रधानमन्त्री कप फाइनल खेलमा एपीएफविरुद्ध आर्मीले ब्याटिङ गर्दै


  • प्रधानमन्त्री कप फाइनल खेलमा एपीएफविरुद्ध आर्मीले ब्याटिङ गर्दै

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत फाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले प्रतिस्पर्धा गर्दै छन् । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा एपीएपफले टस जितेर पहिले बलिङ गर्ने भएको छ । एपीएफविरुद्ध आर्मीले केही बेरमा ब्याटिङ थाल्नेछ । आजको खेलमा दुबै टोली उपाधि जित्ने योजनामा रहे toका छन् । चौथोपटक फाइनलमा पुगेको आर्मी क्लब योपटक भने उपाधि आफ्नो पक्षमा पार्ने योजनामा छ । आर्मीले पहिलो सिजन नेपाल पुलिस क्लबसँग उपाधि बाँडेको थियो । एपीएफ यो सिजनको प्रतियोगितामा अपराजित टोली हो । समूह चरणको चार खेल र एक सेमिफाइनलको खेलमा एपीएफ अपराजित रहेको छ । आजको खेलमा पनि सहज जित निकाल्दै उपाधि रक्षा गर्ने योजनामा एपीएफ रहेको छ । एपीएफका कप्तान शरद भेषावकर र आर्मीका कप्तान विनोद भण्डारी दुवै उपाधि जित्नेमा आशावादी छन् । आर्मीका कप्तान विनोदले चौथोपटक उपाधिका लागि फाइनलमा मैदान प्रवेश गर्दा आफूहरूको नजर उपाधिमा रहेको बताए । प्रतियोगिताको विजेताले १० लाख रुपैया पाउनेछ । त्यस्तै उपविजेताले टोलीले पाँच लाख पाउनेछ । प्रतियोगिताको प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *