युट्युबको एक नम्बर ट्रेन्डिङमा दीपेन्द्रको ‘आमा’


  • युट्युबको एक नम्बर ट्रेन्डिङमा दीपेन्द्रको ‘आमा’

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबको एक नम्बर ट्रेन्डिङमा आइपुगेको छ । युट्युबमा अपलोड गरेको दुई दिनमा एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् । चलचित्रले राम्रो समीक्षा पाएको थियो । गत वर्ष फागुन ९ गते हल रिलिज भएको चलचित्र कोरोनाका कारण चैत ७ गतेबाट हल बन्द भएपछि बीचमै अलपत्र परेको थियो । नौ महिनापछि पुस १० गते सिनेमा हल खुल्दा पुनः यो चलचित्र रिलिज भएको थियो । डीएस डिजिटलको प्रस्तुती चलचित्र ‘आमा’मा शर्मिला पाण्डेको लगानी रहेको छ । सोही निर्माण युनिटले अहिले ‘चिसो मान्छे’ निर्माणको तयारी गरिरहेको छ । यसमा स्वस्तिमा खड्का र अर्पण थापा मुख्य भूमिकामा छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *