पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित पुष्टि, एकको मृत्यु


  • पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित पुष्टि, एकको मृत्यु
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार केही दिनयता कोरोना संक्रमणबाट निधन हुने र संक्रमित हुनेको संख्या घट्दै गएको छ । आज देशैभरी गरिएको २,९४६ नमुना परीक्षणमा उपत्यकाका ६५ जनासहित १७१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा महिला ७१ र पुरुष १०० जना रहेका छन् । आज थपिएका १७१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७१ हजार २८९ पुगेको छ । त्यसैगरी आज देशैभरी २५९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २५९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुलसंख्या २ लाख ६६ हजार ८५९ पुगेको छ । निको हुनेको यो दर ९८.४ प्रतिशत हो । त्यस्तै आज देशैभरीमा १ जनामात्र कोरोना संक्रमितको निधन भएको छ । आज थपिएका १ जनासँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०३० पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *