कोरोना माहामारीवाट पिडित व्यवसायीहरू उत्रिए संघर्षमा


  • कोरोना माहामारीवाट पिडित व्यवसायीहरू उत्रिए संघर्षमा
  • काठमाडौं। सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कोरोना महामारीबाट पीडित विभिन्न पेशा तथा व्यवसायीहरू संघर्षमा उत्रिएका छन्। मंगलबार बालुवाटारमा सडक प्रदर्शन गर्दै कोरोना महामारी पीडित विभिन्न पेशा तथा व्यवसायीहरू संगठित रुपमा संघर्षमा उत्रिएका हुन्। लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारी साधनको जाँचपासमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको, प्रक्रिया पूरा गरेर पनि पर्यटकलाई अराइभल भिसा नखोलेको तथा निम्न मध्यम र मध्यम वर्गका व्यवसायीले पुर्नकर्जा र व्यवसाय निरन्तरताका लागि सहुलियत कर्जा नपाएको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन्। मौद्रिक नीतिमा साना व्यवसायीलाई नसमेटिएको तथा बैंकको अन्याय अत्याचार बढेका कारण आन्दोलनमा आउनुपरेको नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरि शर्माले बताए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *