कैलालीमा सशस्त्रको दुई बिओपी स्थापना


  • कैलालीमा सशस्त्रको दुई बिओपी स्थापना
  • काठमाडौं । एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा आज मात्रै दुई बिओपी स्थापना भएका छन् । जिल्लामा स्वीकृत भएका बिओपीमध्ये आज कैलारी गाउँपालिका–७ मा बिओपी लठ्ठाघाट र टीकापुर नगरपालिका–७ मा बिओपी कालाकुण्डा स्थापना भएका हुन् । बिओपी लठ्ठाघाटको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्ष लालुराम चौधरीले संयुक्तरुपमा उद्घाटन गरे । त्यस्तै बिओपी कालाकुण्डाको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठ र टीकापुर नगरपालिका–७ का वडाध्यक्ष रामलाल डगौरा थारु संयुक्तरुपमा उद्घाटन गरे । सो अवसरमा नायब महानिरीक्षक श्रेष्ठले अहिलेको विषम परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा राज्य, जनताको सेवा र सुरक्षाको खातिर ठूलो जिम्मेवारी आएको बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *