पर्सामा ९ किलो चरेससहित एकजना पक्राउ



  • काठमाडौं । नौ किलो २० ग्राम लागुऔषध चरेससहित पर्साबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–७, विश्रामपुर बस्ने ६० वर्षीय मुसलीम देवान छन् । शनिबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई घरैबाट पक्रेको हो । चरेस बिक्री–वितरण गर्ने प्रयोजनार्थ लुकाइछिपाइ राखेको भन्ने सूचना पाएर प्रहरी देवानको घरमा पुगेको थियो । उनको घर खानतलासी गर्दा कोठाभित्र खाटमुनि लुकाइ राखिएको ५०० ग्रामको १२ पोका र २५० ग्रामको १२ पोका गरी नौ किलो २० ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ । यस्तै, चरेस बनाउने लासा ९२० ग्राम तथा चरेस पेल्ने मेसिन तीनथान बरामद गरिएको छ । पक्राउ परेका देवानमाथि आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । बाह्रखरीवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *