भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि
![](https://www.sauryapatra.com/wp-content/uploads/2023/09/maruti-cement.gif)
![भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि](https://www.sauryapatra.com/wp-content/uploads/2021/02/bhagirathi_photo-1-1000x500-copy-1025x427.jpg)
![](https://www.sauryapatra.com/wp-content/uploads/2024/07/tata-tiago.jpg)
काठमाडौं ।
बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमले भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो ।
जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको रिपोर्ट दिएका छन् । भट्टको टाउको र हातमा चोट लागेको, यौनांगमा घाउ र घाँटीमा पनि निलडाम भएकाे प्रहरी स्राेतले जनाएकाे छ ।
भट्टको हत्या अनुसन्धान गर्न सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदी बैतडी पुगेका छन् । घटना अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको छुट्टाछुट्टै टोली परिचालन गरिएको छ ।
बुधबार विद्यालय गएकी भागरथी घर नफर्किएपछि खोजी तीब्र पारिएको थियो । उनको शव भोलिपल्ट बिहीबार विभत्स तवरले हत्या गरिएको अवस्थामा लबलेक जंगलमा फेला परेको थियो । दृष्टिन्युज