लुटपाटको प्रयाङक भिडियो बनाउन खोज्दा एकजना युवाको गोली लागेर मृत्यु


  • लुटपाटको प्रयाङक भिडियो बनाउन खोज्दा एकजना युवाको गोली लागेर मृत्यु
  • काठमाण्डौं । अमेरिकाको नासभिलमा युट्युबका लागि लुटपाटको प्रयाङक भिडियो बनाउन खोज्ने एकजना युवाको गोली लागेर मृत्यु भएको छ । नासभिल विजनेशको पार्किङ लटमा शुक्रबार राती युट्युबका लागि लुटपाटको प्रयाङक भिडियो बनाउँदै गर्दा गोली हानिएको थियो । २० बर्षका तिमोथी विल्कस र उनका साथीले उक्त भिडियो बनाउँदै थिए । उनीहरु एउटा चक्कु बोकेर मान्छेहरुको समुहतिर आएका थिए । उक्त समुहमा डेभिड स्टान्र्सनामका २३ बर्षका व्यक्ति समेत थिए । उनले चक्कु बोकेर आफूतिर आउँदै गरेका युट्युबरलाई साँच्चीकै लुटेरा ठानेर गोली हानेका थिए । उनले आफूहरुमाथि प्रयाङक भइरहेको थाहा नपाएको र साँच्चीकै लुटेराहरु चक्कु सहित आएको ठानेर प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी समक्ष बयान दिएका छन् । घटना शुक्रबार बेलुका साढे ९ बजेतिर भएको हो ।स्रोत खसाेखास

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *