सरकारले आजबाट दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप अभियान सुरु गर्दै


  • सरकारले आजबाट दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप अभियान सुरु गर्दै

    काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गर्दै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड फोकल पर्सन महेन्द्र श्रेष्ठका अनुसार आब काठमाडौं उपत्यकाबाट सञ्चारकर्मी र कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिइनेछ भने मंगलबारदेखि देशका ७७ वटै जिल्लाबाट खोप वितरण गरिनेछ । भारतबाट अनुदानमा आएको १० लाख डोज खोप पहिलो चरणको अभियानअन्तर्गत एक लाख ८४ हजार ८५७ जनालाई दिइसकिएको छ । यो जनसंख्यालाई पूर्ण खोप अर्थात दोस्रो डोजसम्म दिँदा तीन लाख ६९ हजार ७१४ डोज खपत हुनेछ । त्यसबाट बचेको खोप थप गरिएको वर्गलाई दिइने खोप शाखाले जनाएको छ । सोमबारबाट सुरु गरिने दोस्रो चरणको खोप अभियानअन्तर्गत पहिलो प्राथमिकतामा सञ्चारकर्मी, कूटनीतिक नियोगका कर्मचारी (विदेशी कर्मचारीको हकमा तीनका परिवार)लाई राखिएको छ । पहिलो चरणमा प्राथमिकतामा परेका तर छुटेकाहरुलाई भने अभियानमा समेल गरिने छैन । खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार पहिलो चरणमा नामावली भएर पनि छुटेकाहरुलाई अर्को चरणमा मात्रै खोप दिइनेछ । कोभिड–१९ खोपको प्राथमिकतामा सार्वजनिक सेवा प्रदायक कार्यालयका कर्मचारीलाई समेट्ने योजना भइरहेको डा. गौतमले बताए । उनका अनुसार सञ्चारकर्मी र कूटनीतिक नियोगका कर्मचारीको हकमा निर्णय भइसकेको छ भने सार्वजनिक सेवा प्रदायक कार्यलयका बारेमा भने निर्णय हुन बाँकी छ । यसबाहेक अन्य वर्गलाई पनि छिट्टै खोपको दायरामा ल्याउने योजना भइरहेको उनको भनाइ छ । बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *