विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षका बालक पक्राउ


  • विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षका बालक पक्राउ

    काठमाडौं । गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छन् । विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ । विद्यालय छुट्टी भएर घर जाने बेला ती बालकले बालिकालाई शौचालयमा जबरजस्ती करणी गरेको घटनाको गोरखा प्रहरीले अनुसन्धान गरिरहेको छ । यही माघ २१ गते यो घटना भएको हो । २२ गते बालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । बालिकाकी आमाले फोन गरेपछि आफूहरुलाई घटनाबारे थाहा भएको विद्यालयका प्रधानाध्यापकले भने । बालिकाको स्वास्थ्य अवस्थाले उनी बलात्कृत भएको आफूले थाहा पाएको बालिकाकी आमाले प्रहरीसमक्ष बताएकी छन् । बालिकाको गोरखा अस्पतालमा स्वास्थ्य जाँच गरिएको र अवस्था अहिले सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *