नेकपा प्रचण्ड–माधव पक्षलको सचिवालय बैठक बस्दै


  • नेकपा प्रचण्ड–माधव पक्षलको सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले सचिवालय बैठक बोलाएको छ। बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्नेछ। बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा र भोलि काठमाडौंमा गरिने सभाका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित भएको छ। एउटा पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *