पहिलो चरणमा गण्डकी, लुम्बिनी, कर्णाली र २ न. प्रदेशमा प्रतिनिधिसभाको निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय


  • पहिलो चरणमा गण्डकी, लुम्बिनी, कर्णाली  र २ न. प्रदेशमा प्रतिनिधिसभाको निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । मन्त्रिपरिषद्ले पहिलो चरणमा प्रदेश नम्बर–२, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । आउँदो वैशाख १७ गते ती प्रदेशका ४० जिल्लामा पहिलो चरणको निर्वाचन गर्ने निर्णय भएको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो चरणमा प्रदेश नम्बर–१, वाग्मती र सुदूरपश्चिम प्रदेश गरी ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको उनको भनाइ छ । सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै निर्वाचन आयोगसँग चुनावको तयारीबारे परामर्श गर्दै छन् । प्रधानमन्त्री केहीबेरमा आयोग पुग्दै छन् । फाइल तस्बिर । बाह्रखरी  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *