विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव नियुक्त


  • विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव नियुक्त

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई सरकारले नियुक्ति गरेको छ। कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति दिने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि कार्यकारी निर्देशक पद खाली रहेको थियो । लामो समयदेखिको लोडसेडिङ अन्त्य गराउन ठूलो योगदान गरेको भन्दै पुनः घिसिङलाई नै नियुक्ति गर्नुपर्ने भन्दै नागरिकले चर्को आवाज उठाइरहेका थिए। तर, सरकारले भने आम नागरिकको आवाजको बेवास्ता गर्दै सोमबार शाक्यलाई कार्यकारी निर्देशक बनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *