भाइले चलाएको गोली लागी दाइको मृत्यु


  • भाइले चलाएको गोली लागी दाइको मृत्यु

    दाङ । दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ । गोली लागेर जिल्लाको गढवा गाउँपालिका २ का ३९ वर्षीया इन्द्रबहादुर राणा थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार जिल्लाको गढवा गाउँपालिका २, चिमचिमे तिलतिलेका २७ वर्षीय सूर्यबहादुर राणा थापामगर र उनका दाजु ३९ वर्षीय इन्द्रबहादुरको सिकार खेल्न जंगलमा गएका बेला भाइले चलाएको गोली लागेर दाजु इन्द्रबहादुरको मृत्यु भएको हो । सिकार खेल्न जंगल गएका बेला भाइले पड्काएको गोली लागेर दाजुको मृत्यु भएपछि भाइ सूर्यबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाह्रखरी प्रतिकात्मक तस्बिर

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *