एपिएफलाई पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश



  • पोखरा । विभागिय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । घरेलु कोर्टमा बलियो एपिएफलाई खेलको सुरुवातदेखि नै दवावमा राखेको गण्डकीले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा गण्डकीले २९–२७ को रोमाञ्चक जित निकाल्न सफल भयो । एक समय गण्डकी २३–१९ को सहज अवस्थामा रहँदा लगातार अंक गुमाएपछि दवावमा पारेको थियो । तर, गण्डकीले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भयो । तेस्रो सेटमा सुरुवातमा पछि परेपनि गण्डकीले उत्कृष्ट पूनरागमनसहित २५–१४ को सहज जित हात पार्दै फाइनलमा पुग्न सफल भयो । तेस्रो सेटमा ११–११ को अवस्थाबाट अघि बढेको गण्डकीले १३–१३ को अवस्थाबाट लगातार अंक जोड्दै खेललाई २३–१३ को अवस्थामा ल्याएको थियो । त्यसपछि एपिएफले २ अंक जोड्दा गण्डकी २५–१५ ले विजयी हुन सफल भयो । गण्डकीले फाइनल यात्रामा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दा पुलिससँग पहिलो खेलमा ३–० को सोझो सेटमा पराजित भएको थियो । अब गण्डकीले उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।(हाम्रो खेलकुदवाट)

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *