फागुन तेस्रो सातादेखि सार्वसाधारणलाई कोरोना खोप दिने सरकारको तयारी


  • फागुन तेस्रो सातादेखि सार्वसाधारणलाई कोरोना खोप दिने सरकारको तयारी

    काठमाडौं । सरकारले २३ फागुनदेखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी गरेको छ । भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए । २६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइयो भने २ फागुनदेखि ८ गतेसम्म सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा जुटेकाहरुलाई कोरोना खोप दिइनेछ । यसका लागि स्थानीय पालिकासम्मै खोप केन्द्रहरु तय हुनसक्ने बताइएको छ । जबकी सरकार आफैंले बनाएको प्राथमिकता सूचीमा फ्रन्टलाइनरपछि जेष्ठ नागरिक थिए । जनस्वास्थ्य विज्ञहरुले पनि खोप पाउनु हरेक नागरिकको अधिकार भएपनि प्राथमिकतामा जेष्ठ नागरिक र दीर्घरोगी पर्नुपर्ने बताउँदै आएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *