दोस्रो नेपालगन्ज फोटो फेस्टिवल फागुन १८ र १९ मा हुने


  • दोस्रो नेपालगन्ज फोटो फेस्टिवल फागुन १८ र १९ मा हुने
  • नेपालगंज । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते शुक्रबारदेखी आयोजना गर्ने भनिएको दोस्रो नेपालगन्ज फोटो फेस्टिवल प्राविधिक कारणले आगामी फागुन १८ र १९ गते गरिने भएको छ । ‘यसबाट पर्न गएको असुविधा प्रति क्षमा चाहन्छौं’– अन्तरालका अधिकृत गणेश राईले भने  । उनले फेस्टिवललाई अझै भव्यता दिने गरी तयारी भैरहेको बताए । फेस्टिवलमा फोटो पठाउन छुटेका व्यक्तिहरुको लागि फागुन १५ गते सम्म समय थप गरिएको छ । फोेटो प्रतिस्पर्धाका लागि ६ विधाहरुमा पठाउन सकिनेछ । फेस्टिवलमा समाचार र दैनिक जीवन, संस्कृति र पर्यटन, वन्यजन्तु र प्रकृति, खेलकुद र नेपाल स्माइल(जस अन्तर्गत खुसी, उत्साह र उमंग झल्किने फोटो) गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ भने फोटो कथा विधामा भने प्रतिस्पर्धा हुने छैन । फेस्टिवलको प्रतिस्पर्धाबाट छनोट भएका १ सय ५० बढी फोटोहरु प्रदर्शनमा राखिनेछ । नेपालगन्जसँगै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको १–१ स्थानमा फोटो प्रदर्शनीमा राखिने अधिकृत राईले बताए । फेस्टिवलका अवसरमा ३५ जना सहभागीका लागि २ दिने फोटोग्राफी कार्यशाला आयोजना गरिनेछ । नेपालका वरिष्ट फोटोपत्रकारले उक्त कार्यशाला सहजीकरण गर्नेछन । यसैगरी फेस्टिवलका अवसरमा प्रतिस्पर्धामा छनोटमा भएका फोटो खिच्ने फोटोग्राफर र सहभागीबिच उक्त फोटो खिच्दाका रोमाञ्चकारी अनुभव बारेमा अन्तरक्रिया आयोजना गरिनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *