निर्देशक नवराजको म्युजिक भिडियो हुदै ठूलो पर्दासम्मको यात्रा


  • निर्देशक नवराजको म्युजिक भिडियो हुदै ठूलो पर्दासम्मको यात्रा
  • राम सापकोटा, काठमाडौं । कोहलपुर-०५ पिपिरिमा जन्मी नेपालगंजलाई कर्मथलो बनाएका नृत्य निर्देशक नवराज सुवेदी हिजोआज निकै व्यस्त छन । नेपालगंजको सगरमाथा बोर्डिङ स्कुलको जागिरे उनी मोफसलमा रहेर महिनामा २/३ वटा भिडियो निर्देशन गरिरहेका हुन्छन ।  पछिल्लो समय आधुनिक सहित थारु गीतहरुको भिडियो निर्देशन गरेका उनी आफु कला क्षेत्रमा नै काम गर्नकालागी जन्मेको बताउछन । विभिन्न स्कुल र सांस्कृतिक कार्यक्रममा नृत्य सिकाउदै म्युजिक भिडियोको यात्रा तय गरेका सुवेदिले रमेश वनगोसाइको 'द रेडजोन' चलचित्र वाट ठुलो पर्दामा नृत्य निर्देशकको रुपमा डेब्यु गर्दैछन । सानैदेखी नृत्यमा रुची राख्ने सुवेदिको नृत्य सिक्ने चाहना भने १६ वर्षको उमेरमा मात्र पुरा भएको थियो । घरपरिवारको इच्छा विपरित नृत्यमा लागेकाले घरपरिवारको खासै साथ नपाएका सुवेदिले बाबुआमाको आँखा छलेर गुरु भरत महतोसँग नृत्य सिक्ने जान्थे । मध्यम वर्गीय परिवारमा जन्मेका सुवेदीले नृत्य सिक्ने चाहनालाई आर्थिक अभावका कारण एक वर्षमा नै विट मारे । नेपालगंजको भृकुटी उच्च मा.वि. वाट प्लस टु सम्मको अध्ययन सकेका नवराजले छोटो सिकाइलाई सदुपयाेग गर्दै अध्ययन संगै सांस्कृतिक कार्यक्रमका लागि नृत्य गर्न थाले । वि.स. २०६१/ ०६२ सालतिर सांस्कृतिक कार्यक्रमका लागि वर्दिया भुरिगाउमा जाँदा माओवादीले अपहरण गरी एक वर्षसम्म संगै राखेको र त्यस समयमा आफुले माओवादीको सांस्कृतिक समुहलाई नृत्य सिकाउने काम गरेको उनी सम्झन्छन् । एक वर्षको बसाइपछी माओवादी क्याम्प अछामबाट भाग्न सफल भएका उनी नेपालगंज आएर सगरमाथा बोर्डिङ स्कुल र व्राइटल्याण्ड बोर्डिङ स्कुलमा नृत्य सिकाउने काम गर्न थाले । सुरुवाती दिनहरुमा दैनिकि गुजारा गर्न समेत अफ्ठ्यारो परिरहेको अवस्थामा उनले केही समय बैंकको जागिर समेत खाएको बताउछन । सुवेदीले लामो समयसम्म नयाँ राष्ट्रिय कला केन्द्र र मध्यपश्चिम कला केन्द्र नेपालगंजमा मुख्य प्रशिक्षकका रुपमा नृत्य सिकाउने काम समेत गरे । नृत्य प्रस्तुत गर्नकालागी लखनउको भातखण्ड कलेजमा ७ देशका प्रतिनिधि समक्ष उत्कृष्ट नृत्य प्रस्तुत गरेका सुवेदीले वि.स. २०७३ सालमा गायक तथा संचारकर्मी प्रमोद डि.जी. को 'मुद्धा हाल्छु शिव जी लाई' बोलको गीतको म्युजिक भिडियो पहिलो पटक निर्देशन गर्ने अवसर पाए । पहिलो म्युजिक भिडियो निर्देशन गरेका सुवेदीले सवै श्रेय गायक डि.जि.लाई दिन्छन । गायक डिजिसंगको पहिलो सहकार्यसंगै आफ्नो म्युजिक भिडियोको यात्रा सुरु भएको बताउदै डिजिले आफुलाई ठूलो गुण लगाएको वताउछन । सुरुवाती दिनहरुमा म्युजिक भिडियो निर्देशनमा खासै अनुभव नभएका सुवेदि काम गर्दै जाँदा धेरै कुराहरु सिकेको बताउछन । सुवेदीलेले चर्चित गायिका कोमल वलीको ' फेरी तिज आयो बाबा गोजीमा दाम छैन', प्रमोद डिजि र मेलिना राईको स्वरमा रहेको 'तिमी संग मेरो खुसी' , महेन्द्र सेडाई र पुर्णिमा लामाको 'हे कान्छी' , ओम शर्माको 'ओ प्रियतम' लगायत ३ दर्जन वढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन ‌। 'तिमि संग मेरो खुसी' गीतको म्युजिक भिडियोवाट २०७६ सालमा नव प्रतिभा तर्फ उत्कृष्ठ निर्देशकको साधना म्युजिक अवार्ड पाएका उनले मोफसलमा रहेर नै कला क्षेत्रमा धेरै गर्न सकिने बताए । स्कुलका जागिरे सुवेदि सगरमाथा बोर्डिङ स्कुलका फाउण्डर कृष्ण जिसिको साथ र सहयोगले म्युजिक भिडियो निर्देशनलाई सँगै लान सकेको बताउछन । जीसीको हौसला र साथले आफुलाई काम गर्न थप उर्जा मिलेको वताउदै छिट्टै करण चौधरी र समिक्षा चौधरीको स्वरमा रहेको 'आई मिस यु' बोलको गीतको भिडियो समेत निर्देशन गर्न लागेको बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *