दशरथ रंगशालामा नेपाल र अष्ट्रेलियाबीच मात्र खेल हुने


  • दशरथ रंगशालामा नेपाल र अष्ट्रेलियाबीच मात्र खेल हुने
  • काठमाडौं (हाम्रो खेलकद अर्को महिना दशरथ रंगशालामा हुने भनिएको विश्व कप छनोटका दुई खेल मध्ये अब एक खेल मात्र हुने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) कोभिड १९ का कारण उत्पन्न परिस्थितिका कारण र आ आफ्ना देशका मापदण्डका कारण भ्रमण नगर्ने भएपछि नेपालले अब अर्को महिनाका लागि तय मध्ये अष्ट्रेलियाविरुद्धको खेल मात्र हुने भएको छ । नेपाल र अष्ट्रेलियाबीच चैत १७ गतेका लागि दशरथ रंगशालमा खेल हुनेछ । यसै चरणमा चाइनिज ताइपेइविरुद्ध हुने भनिएको खेल भने स्थगित भएको छ । विश्व कप छनोटमा नेपालले ५ खेल खेलिसकेको छ । जसमा ४ मा हार र १ मा जित हासिल गरेको थियो । चाइनिज ताइपेइलाई २–० ले हराएको नेपालले कुवेतसँग ७–० र अर्कोमा १–० को हार बेहोरेको थियो । अष्ट्रेलियासँग ५–० को हार बेहोरेको नेपालले जोर्डनसँगको खेल ३–० ले गुमाएको थियो । दशरथ रंगशालाको पूर्ननिर्माण सम्पन्न नभइसकेको अवस्थामा नेपालमा हुनुपर्ने खेल न्यूट्रल भेन्यूका रुपमा भुटानमा भएको थियो । नेपाल र जोर्डनबीचको खेल वैशाखका लागि तय छ ।(हाम्रो खेलकद)    

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *