प्रधानमन्त्री ओलीद्वारा संसदीय दलको प्रमुख सचेतकमा भट्टराईलाई नियुक्त


  • प्रधानमन्त्री ओलीद्वारा संसदीय दलको प्रमुख सचेतकमा भट्टराईलाई नियुक्त
  • काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नकेपाको संसदीय दलको प्रमुख सचेतकमा बिशाल भट्टराईलाई नियुक्त गरेका छन् । यसअघि प्रमुख सचेतक रहेका देव गुरुङलाई हटाएर उनले शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् । यो कदमले ओली अझै प्रचण्ड–माधव नेपाल पक्षलाई पेलेर जाने रणनीतिमा रहेको देखिएको छ । संसदीय दलमा आफु अनुकुल माहोल बनाउन उनले गुरुङलाई हटाएका छन् । संसदीय दलमा ओली अल्पमतमा भएपनि केही सांसदहरुलाई किन्ने उनको तयारी छ । प्रतिनिधि सभा पुनस्र्थापना भएपछि पनि सत्ताबाट नहट्न उनी अनेक चलखेलमा लागेका छन् । प्रतिनिधि सभा बिघटन अघि नै ओलीले गुरुङको राजीनामा मागेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *