गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओ हेरफेर


  • गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओ हेरफेर
  •   काठमाडौं । गृह मन्त्रालयले चलखेलका आधारमा ५२ जना सहसचिव तथा उपसचिवको सरुवा भएको छ । सरुवामा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेेर भएको । एक वर्षको अवधि नै नपुगी गृहले चलखेलका आधारमा सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव महेश्वर न्यौपाने हट्न लागेकाले यसरी हतार- हतार सरुवा भएको हो । सरुवा अनुसार मन्त्रालयको कर्मचारी प्रशासनमा रहेका थानेश्वर गौतमलाई कास्कीमा तथा सहायक प्रवक्ता रहेका प्रेमलाल लामिछानेलाई चितवनमा सरुवा गरिएको छ । धादिङमा ज्ञान प्रसाद ढकाल, सुनसरीमा उमेश ढकाल, सिन्धुपाल्चोकमा अरुण पोखरेल, कपिलवस्तुमा चक्रपाण् िपोखरेल, बर्दियामा सन्तबहादुर सुनार, दाङमा दिर्घनारायण पौडेलको सरुवा भएको छ । त्यस्तै, खगेन्द्र रिजालको कैलाली, शिवकुमार कार्कीको बाग्लुङ, छविलाल रिजालको सुर्खेत, गौलोचन सैंजुको रामेछाप, बन्दना राईको ओखलढुंगा, दोलखामा बासुदेव घिमिरेलाई सिडिओका रुपमा पठाइएको छ । तिर्थराज भट्टराई महोत्तरी, फणिन्द्रमणि पोखरेल सप्तरी, योगेन्द्र पाण्डेको पाल्पा, सुरेश न्यौपानेको सिन्धुली, शालिकराम शर्मा पौडेललाई गोरखा पठाइएको छ । ईश्वरी ढकालको रसुवा, उमेश पाण्डेको ताप्लेजुङ, मोहन अधिकारीको बझाङ, गणेश आचार्यको हुम्ला, गणेबहादुर अधिकारीको म्याग्दीमा सरुवा भएको छ । कुन जिल्लामा को सिडिओ ? थानेश्वर गौतम कास्की प्रेमलाल लामिछाने चितवन ज्ञान प्रसाद ढकाल धादिङ उमेश ढकाल सुनसर तुलसीराम सेढाई– उदयपुर नारायण प्रसाद भट्टराई सर्लाही सुरेन्द्र पौडेल बारा दिपकराज नेपाल स्याङजा धुव्रबहादुर खड्का इलाम लक्ष्मीदेवी खतिवडा सल्यान हरि बहादुर प्याकुरेल दैलेख जीवन प्रसाद दुलाल नुवाकोट रुद्रबहादुर मल्ल अछाम देवी पाण्डे खत्री पर्वत प्रेम प्रसाद देवकोटा जाजरकोट तिर्थराज भट्टराई महोत्तरी फणिन्द्रमणि पोखरेल सप्तरी योगेन्द्र पाण्डेको पाल्पा सुरेश न्यौपानेको सिन्धुली शालिकराम शर्मा पौडेल गोरखा अरुण पोखरेल सिन्धुपाल्चोक चक्रपाणि पोखरेल कपिलवस्तु सन्तबहादुर सुनार बर्दिया दिर्घनारायण पौडेल दाङ खगेन्द्र रिजाल कैलाली शिवकुमार कार्की बाग्लुङ छविलाल रिजाल सुर्खेत गौलोचन सैंजु रामेछाप बन्दना राई ओखलढुंगा बासुदेव घिमिरे दोलखा ईश्वरी ढकाल रसुवा उमेश पाण्डे ताप्लेजुङ मोहन अधिकारी बझाङ गणेश आचार्य हुम्ला गणेबहादुर अधिकारी म्याग्दी सिद्धराज जोशी दार्चुला । दृष्टिन्युजवाट ।    

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *