धनगढीमा एलपिएल सुरु हुदै, देशभरका १६ विद्यालयको सहभागिता


  • धनगढीमा एलपिएल सुरु हुदै, देशभरका १६ विद्यालयको सहभागिता

    धनगढी । धनगढीमा शनिबार चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) – ५ सुरु हुँदैछ । आयोजक लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्ट्सले शुक्रबार पत्रकार सम्मेलनमार्फत विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे । उनले धनगढी उपमहानगरले राष्ट्र, स्वास्थ्य र समाजका लागि समेत खेलकुद भन्ने नीति अवलम्बन गरेकाले यस्ता प्रतियोगिताले निरन्तरता पाउनुपर्नेमा जोड दिए । धनगढीको संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ । जसमा स्थानिय बाहेक काठमाडौँ र कञ्चनपुरका समान २, रुपन्देहीको १, दाङको १ र कैलालीका १० विद्यालयको सहभागिता छ । प्रतियोगिताको उद्घाटन खेलमा शनिवार आयोजक लिटल फ्लावर र कैलालीको गेटामा रहेको विद्या भूषणबीच प्रतिस्पर्धा हुनेछ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काठमाडौँको हिमालयन ह्याइट हाउस, धनगढी तारा नगरमा रहेको शारदा विद्या निकेतन, काठमाडौँको नेक्सस इन्टरनेसनल एकेडेमी र कञ्चनपुरको महेन्द्रनगरमा रहेको लिटल बुद्ध एकेडेमी छन् । त्यस्तै समूह ‘बी’ मा धनगढी २ मा रहेको लिटल फ्लावर इङ्लिस बोर्डिङ स्कुल, धनगढीको शारदा माध्यमिक विद्यालय वैयावेहडी, धनगढीकै त्रिनगर माध्यमिक विद्यालय र विद्या भूषण पब्लिक स्कुल गेटा छन् । धनगढीको स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल, कञ्चनपुरको शारदा सरस्वती माध्यमिक विद्यालय दोधारा, धनगढी नमुना माध्यमिक विद्यालय धनगढी र अत्तरियाको होल्याण्ड इङ्लिस बोर्डिङ स्कुल समूह ‘सी’मा छन् । त्यस्तै समूह ‘डी’ मा कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिर, रुपन्देहीको न्यु एकेडेमी बोर्डिङ स्कुल, दाङको रोजी बर्ड्स बालबाटिका सेकेण्डरी बोर्डिङ स्कुल र कैलालीको लम्कीमा रहेको गुरुकुल इङ्लिस मिडियम स्कुल छन् । फागुन २९ गते सम्म चल्ने प्रतियोगिता राउन्ड रोविन लिगपछि समूहको शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख २० हजार दोस्रो टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार,उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई समान ५ हजार तथा हरेक खेलको म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने बताइएको छ । हाम्रोखेलकुदबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *