नेकपा विवादवारे दुई दिनभित्रै निर्णयमा पुग्ने निर्वाचन आयोगको तयारी


  • नेकपा विवादवारे दुई दिनभित्रै निर्णयमा पुग्ने निर्वाचन आयोगको तयारी
  • काठमाडौं । निर्वाचन आयोगका आयुक्तहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद टुंग्याउनेबारे छलफलमा जुटेका छन् । आयोग स्रोतका अनुसार आइतबार र सोमबार आयुक्तहरु नेकपा विवादबारे छलफल चलिरहेको छ । प्रचण्ड-नेपाल समूहका आधिकारिकता दाबी गरेको एक महिना पुग्न लाग्दा आयोगले निर्णय गर्ने तयारी गरेको हो । प्रचण्ड-नेपाल समूहले गत माघ २० गते राजनीतिक दलको दफा ४४ अनुसार आधिकारिकता दाबी गरेको थियो । आयोग उक्त समूहले दिएको पत्र अध्ययनमै रहेको जवाफ दिँदै आयोग पन्छिँदै आएको छ । नेकपा विवाद हेर्ने जिम्मेवारी पाएका आयुक्त रामप्रसाद भण्डारीले विवादबारे दुई दिनभित्रै एउटा निर्णयमा गर्ने जानकारी दिए । "निर्वाचन आयुक्तहरुबीच छलफल चलिरहेको छ । आ-आफ्नो धारणा राख्ने काम भइरहेको छ । यस्तै खालको निष्कर्षमा त पुगिसकेका छैनौं । तर, एक-दुई दिनभित्रै एउटा निर्णय गर्छौं," भण्डारीले भने । निर्वाचन अनिर्णयको बन्दी बन्दा नयाँ सरकार बन्ने प्रक्रियमा जटिलता थपिएको भन्दै प्रचण्ड-नेपाल समूहका नेताहरुले  असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् । आयोगलाई छिटै एउटा निर्णय दिन दबाब पनि बढ्दो छ । प्रचण्ड-नेपाल समूहको सोमबार बसेको सचिवालय बैठकले आयोगले किन ढिलाइ गरेको भन्दै पत्र लेख्ने निर्णय पनि गरेको छ । नेकपाको ओली र प्रचण्ड-नेपाल दूवै समूह आफूहरुले नै आधिकारिकता पाउने दाबी गर्दै आइरहेका छन् । बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *