नवलपरासीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु, दई जना घाइते


  • नवलपरासीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु, दई जना घाइते
  • नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । ना६ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक गएराति १२ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका वडा नं. १५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ७०२३ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिकाका ३५ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *