विप्लव र सरकारबीच आजै वार्ता गर्ने तयारी


  • विप्लव र सरकारबीच आजै वार्ता गर्ने तयारी
  • काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच आज बेलुकासम्म वार्ता हुने भएको छ । वार्ताका लागि दुबै पक्षबाट गठन भएको समिति अहिले आन्तरिक तयारीमा जुटेको छ । विप्लव समूहको नेकपाले प्रतिबन्ध फुकुवा हुनुपर्ने अडान राखेपछि सरकारी वार्ता टोली आन्तरिक छलफलमा जुटेको छ । गृहमन्त्रालय मार्फत प्रतिबन्ध फुकुवाको प्रस्ताव लैजाने तयारीमा सरकार जुटेको छ । यस्तै विप्लव समूहका वार्ता टोली पनि आफ्ना एजेण्डाहरुलाई लिपिवद्ध गर्नमा जुटेको सो समूहले जनाएको छ । दिउँसो नभए बेलुकासम्म भएपनि पहिलो चरणको वार्ता सुरु हुने दुबै पक्षले जानकारी दिएका छन् । सरकारसँग वार्ताका लागि विप्लव टोलीका संयोजक प्रकाण्डलगायत नेता केही दिनदेखि काठमाडौंमै छन् भने वार्ता टोलीका सदस्य दीपक पनि मंगलबार उपत्यका आएका छन् । सरकारले मंगलबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई रहेको २ सदस्यीय वार्ता टोली गठन गरेको छ। लगत्तै विप्लव नेकपाले पनि प्रवक्ता प्रकाण्ड र नेता दीपक रहेको वार्ता टोली गठन गरेको छ। दृष्टिन्युजवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *