सरकार र विप्लव समुहवीच प्रथम चरणको वार्ता सकियो


  • सरकार र विप्लव समुहवीच प्रथम चरणको वार्ता सकियो
  • काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच प्रथम चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्ता सकारात्मक र दिशाउन्मुख रहेको वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर रानज भट्टराईले जनाएका छन् । सरकारका तर्फबाट संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र डा. राजन भट्टराई सहभागी थिए । त्यसैगरी, विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए । टोलीले प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेकाको रिहाइ र आफ्ना नेता÷कार्यकर्ताहरुलाई लगाइएको मुद्दा हटाउनुपर्ने शर्त राखेको बताइएको छ । ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएको थियो । दृष्टिन्युवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *