तीनसातादेखि बन्द रहेको नेपाल–चीन रसुवागढी नाका आजबाट सञ्चालनमा



  • काठमाडौं । तीनसतादेखि बन्द रहेको नेपाल–चीन व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । ल्होसारका कारण माघ २९ गतेदेखि बन्द नाका आजबाट खुलेको रसुवा भन्सार कार्यालय प्रमुख राम प्रसाद रेग्मीको भनाई छ । नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै गरेको उनले बताए । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए । भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो । नाका खुलाउनेबारे चिनियाँले कुनै जानकारी नदिएपछि चीनबाट गर्मीका लत्ताकपडा ल्याउँदै गरेका व्यापारीहरु चिन्तित बनेका थिए । यो वर्ष कोभिड तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा धेरै पटक अवरोध देखिएको छ । नेपाल र चीनबीच स्थलमार्ग भएर व्यापार हुने दुईवटै नाका (रसुवागढी र तातोपानी) बाट अहिले पनि कोटा प्रणालीमा माल वस्तु आयात मात्रै हुने गरेको छ ।दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *