नेकपा उपाध्यक्ष गौतमलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली


  • नेकपा उपाध्यक्ष गौतमलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई भेटेका छन् । घरभित्रै लडेर सामान्य चोट लागेका गौतमलाई शुत्रबार साँझ भैँसेपाटी पुगेर प्रधानमन्त्री अ‍ोलीले भेटेका हुन् । भेटमा ओलीले गौतमको स्वास्थ्य लाभको कामना गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ‘उहाँलाई स्वास्थ्य लाभको कामना गर्न प्रधानमन्त्री भैंसेपाटी जानु भएको हो । अहिलेको अवस्थामा पक्कै पनि राजनीतिक विषयमा छलफल हुन्छ नै,’ थापाले भने । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले दोस्रो पटक संसदीय दलको नेताबाट हटाएलगत्तै ओली गौतम निवास पुगेका हुन् । नेकपा दुई समूहमा देखिएका समयमा उपाध्यक्ष गौतम पार्टी एकीकरणको पक्षमा छन् । पार्टी एकता अभियान चलाइरहेका गौतम र ओलीको भेटलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्रीसँगै सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका विदेश सल्लाहकार राजन भट्टराई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि पुगेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *