रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु


  • रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
  • काठमाडौं । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं ६ गातिनामा गएराति ना ७ त ६४०० नं को ट्याक्टर दुर्घटना हुँदा गातिनाका ३१ वर्षीय खगेन्द्र रानाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक शंकर खड्काका अनुसार ट्याक्टरले च्यापिएर रानाको घटनास्थलमै ज्यान गएको हो ।ट्याक्टर चालक रोल्पाको मिरुल घर भई हाल दाङ देउखुरीको सिसहनियाँ बस्ने बलप्रसाद बुढामगरलाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा छन।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *